थाइल्यान्डबाट आएका दुई नेपाली यात्रुको साथबाट १ सय ८६ ग्राम सुन बरामद

काठमाडौं । १ सय ८६ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १ सय ८६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(१६ बालाजु ठेगाना भएका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औँठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *