राष्ट्रिय तथ्याङ्क कार्यालय र राष्ट्रिय सरोकार नागरिक अभियानबीच अन्तरक्रिया

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र राष्ट्रिय सरोकार नागरिक अभियानले राष्ट्रिय जनगणना २०७८ मा दलित समुदायको तथ्याङ्कको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयको तर्फबाट राष्ट्रिय जनगणना २०७८ मा दलित समुदायको तथ्याङ्क विषयमा कार्यपत्र प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै प्रकारका तथ्याङ्कहरुको विश्लेषण गरेर करिब २० वटा थिमेटिक रिर्पोट प्रकाशन गर्ने तयारीमा लागेको जानकारी दिए ।

उनले जनगणनामा समेटिएको सबै जाति र समुदायको वास्तविक तथ्याङ्क चाँडै नै सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरे । सचिव रायाले विभिन्न संवैधानिक अयोगहरूले जातजातिको विवरण उपलब्ध गराउने बित्तिकै राष्ट्रिय तथ्याङ्क कार्यालयले दलित समुदायको तथ्याङ्क सार्वजनिक गर्ने बताए ।

कार्यक्रममा संघीय सांसदहरू हर्कमाया विश्वकर्मा, रणेन्द्र बराइली, सिता मिजार,रुक्मिणी राना बराइली बागमती प्रदेशसभा सदस्य बालकुमारी विकको सहभागिता थियो । यसै गरी संविधानसभा सदस्य एवं पूर्व मन्त्री जितु गौतम, पर्शुराम रम्तेल लगायत सहभागी थिए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व सदस्यहरू, पूर्व राजदूत लगायत दलित समुदायका विभिन्न संस्थामा कार्यरत नेताहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको तर्फबाट उपप्रमुख तथ्याङ्क अधिकारी हेमराज रेग्मी,निर्देशक ढुण्डिराज लामिछाने लगायतले सहभागीहरूको जिज्ञासाहरूको जवाफ दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *