शिक्षक लाइसेन्स उत्तीर्ण गरेकालाई तत्काल आवश्यक परे समन्वय इकाइले प्रमाणित गरिदिने

काठमाडौं । निम्न माध्यामिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) उत्तीर्ण भएकालाई तत्काल आवश्यक परेको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा उत्तीर्ण भएको प्रमाणित गरिदिने भएको छ ।

शिक्षक सेवा आयोगले वितरण गर्ने अनुमति पत्र छपाई गरेर वितरण गर्न अझै केही समय लाग्ने भन्दै उत्तीर्ण भएका उम्मेदवारलाई तत्काल आवश्यक परेको खण्डमा उत्तीर्ण भएको ब्यहोरा प्रमाणित गरिदिन आयोगले निर्देशन दिएको हो ।

आयोगले उत्तीर्ण उम्मेदवारलाई कुनै विद्यालयबाट विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि आवेदन दिने व्यहोरा खुलाएर अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण भएको आवश्यक कागजातसहित निवेदन दिएमा आयोगको वेबसाइटमा प्रकाशित भएको नतिजासँग भिडाएर न्यूनतम योग्यता पुरा भएको एकिन गरी प्रमाणित गरिदिन इकाइलाई पत्राचार गरेको छ ।

आयोगले लाइसेन्स उर्तिण गरेको परीक्षार्थीले निवेदनसहित अध्यापन अनुमति पत्र परीक्षाको प्रवेश पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (मान्यता प्राप्त शिक्षण संस्था)बाट माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महिने तालिम पुरा गरेको, तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता भए त्यसको प्रमाणको प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि इकाईमा पेश गर्नुपर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *