रास्वपा सभापति लामिछाने र मलेसियास्थित राजदूतसँग भेटवार्ता

काठमाडौं । मलेसियामा रहेका रास्वपाका सभापति रवि लामिछाने त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछानेले पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहित राजदूतसँग भेट गरेका हुन् ।

उनीहरुबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूताबासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर संभव भएसम्म छिटो समाधान दिन अनुरोध गरेका थिए ।

राजदूत पौडेलले सीमित स्रोत–साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिए । राजदूत पौडेलले सातामा एक दिन (शुक्रबार) फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एकपटक ’मोवाइल एम्बेसी’ अभियान सञ्चालन भइरहेको पनि अवगत गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *