दैलेख (गुराँस) । लोपोन्मुख राउटे जातिका मुखिया सूर्यप्रकाश शाहीले जीविका चलाउनै संकट भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष सहयोगको याचना गरेका छन् ।
‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेखको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने स्वागतका लागि बसेका शाहीले आफूहरूले बनाएका काठका केही सामान उपहार दिए ।

उपहार थाप्दै ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको माला निकालेर लगाइदिए । राउटे समुदायको अस्तित्व बचाउँदै जीविकोपार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग एमाले तयार रहेको ओलीले आश्वस्त पारे ।
स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्ख्यौली पेशा नै संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै मुखिया शाहीले सहयोग माग्दै भेट्न आएको बताए ।
उनले भने, ‘हामी प्रधानमन्त्री केपी ओली ज्यूलाई भेट्न आको (आएको) हामीलाई जंगल बस्न समस्या भयाको छ । ओलीज्यू ! काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या अब पनि केही सहयोग गर्ना भनेर भेट्न आयाका (आएका) हौं ।’


Leave a Reply