विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यले शपथ लिएका लिएका छन् । सर्वोच्च अदालतमा सोमबार आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अध्यक्ष तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए ।

न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष साथै सदस्यहरूमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई नियुक्ति सिफारिस गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *