झापाबाट अन्तर्राष्ट्रिय सीमा स्तम्भ मर्मत सुरु

काठमाडौं । सशस्त्र प्रहरीले झापाबाट अन्तर्राष्ट्रिय सीमा स्तम्भ मर्मत सुरु गरेको छ ।

पहिलो चरणमा कोशी प्रदेशमा रहेको भारत-नेपाल अन्तर्राष्ट्रिय सीमा मर्मत तथा रंगरोगन सुरु भएको सशस्त्र प्रहरी बल नम्बर एक बराह बहिनी प्रमुख अन्जनीकुमार पोखरेलले जानकारी दिए ।

सोमबार मेचीनगर र भद्रपुर नगरपालिकाका मेयर, कोशी प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला सुरक्षा समितिका अधिकारीहरू, नापी विभाग र भारतीय सीमा सुरक्षा बलका प्रतिनिधिसमेतको उपस्थितिमा उक्त कार्य आरम्भ गरिएको छ।

मेचीनगर-७ धनकुटेबस्तीस्थित सीमा स्तम्भ मर्मत र रंगरोगन गरिएको थियो। जोर नम्बर भारतीय सीमा सुरक्षा बल र बिजोर नम्बरको स्तम्भ सशस्त्र प्रहरी बलले मर्मत गर्ने यसअघि सहमति तथा निर्णय भएको थियो।

सरकारले २०७७ साउन १९ गते सशस्त्र प्रहरीले सीमा स्तम्भ मर्मतको जिम्मेवारी दिए पनि भर्खरै मात्र काम सुरु भएको हो।

कोशी प्रदेशमा रहेका ४ सय ८४ वटा सीमा स्तम्भ सशस्त्र प्रहरीले मर्मत गर्ने छ। यसअघि भारतीय पक्षले ३ सय ४४ वटा स्तम्भ मर्मत गरिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *