देशको आर्थिक अवस्था कमजोर भएपनि प्राविधिकहरूले जोडतोडका साथ लाग्नुपर्छ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्री डा. बेदुराम भुसालले देशको आर्थिक अवस्था कमजोर रहेता पनि प्राविधिकहरूले सक्दो सहयोग गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय कृषि अनुसंधान प्रतिष्ठानद्वारा आयोजित ‘पानम विल्ट टिआर–४’ रोगको तीन दिने ‘डाईगोन्सिटक ट्रेनिङ’ तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताए ।

उनले भने, ‘यस तालिमबाट सहभागी प्राविधिकहरू तथा शिक्षणमा रहेका सबैले लाभ लिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । हामीले सबैभन्दा पहिले ‘टीआर–४’ रोगको बारेमा जानकारी पाएलगतै अवश्य कदम बढाउन आदेश दिएका थियौं । जसको कारण हाल यो रोग त्यति भयावह अवस्थमा पुगेको छैन् । मैले रोका बारेमा जानकारी गराएसकै नियमित रूपमा पहल अगाडि बढाउन भनेको थिए । तालिममा सहभागी सबैले यस रोगको निरारकणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछन भन्ने आशा गरेको छु ।’

’हाल देशमा दुर्त सर्वेको काम छिटो गर्नुपर्ने छ । प्रविधिकलाई प्रप्त ज्ञनलाई छिटै फिल्डमा लगाउनुपर्छ । फिल्डमा जाने अवसर छ । हाम्रो र देशको आर्थिक अवस्था कम्जोर छ । कम्जोर भएतापनि प्रविधिकहरूले जोडतोडका साथ लाग्नुपर्ने र गरेर देखाउनुपर्ने छ । सबैले ज्ञानलाई ब्यबाहरमा उतार्न अल्छी नगर्नुहोला’, भुसालले भने, ‘यसका साथै अनुसंधानको कामलाई महत्त्वका साथ अगाडि बढाउनुपर्ने छ । अनुसन्धनद्वारा रोग पत्ता लगाई त्यसको निराकरण गर्नुपर्ने छ । विगतमा भन्दा छिटो ढंगले आगाडी काम बढाउनुपर्ने छ ।’

त्यस्तै, कृषि तथा पशुपन्छि मन्त्रालय सचिव गोविन्द प्रसाद शर्माले ’टीआर–४’ रोगको विषयलाई महत्त्वकासाथ हेरेको बताएका छन् ।

सचिव शर्माले भने, ‘सुरूदेखि नै मन्त्राय यश बिषयमा गम्भीर छ हामीले थाहा पाएलगतै कदम चालेका थियौ । यस रोगले अन्य देशहरूमा धेरै क्षती पुर्याएको हुनाले यसलाई प्राथमिकतामा राखेर कदम चालेका छौ । तालीमले फिल्डमा त्यतिकै फलदायी हुने अपेक्षा लिएको छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *