काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पदमा आवेदन दिएकामध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट)मा परेको छ । राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा रहेको निर्देशक सिफारिस समितिले आवेदन दिएका २० जनामध्ये अध्ययनपछि धेरै अंक प्राप्त गर्ने १२ जनाको नाम सर्ट लिस्टका पारेको हो ।
प्रारम्भिक छनोटमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । सर्ट लिष्टमा पर्नेमा डा.कृष्णसागर शर्मा, प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा.दिनेशकुमार लम्साल, डा.भीमसिंह तिंकरी, प्रा.डा.वन्दना गुरुङ, डा.विजयचन्द्र आचार्य, प्रा.डा.सरला श्रेष्ठ रहेका छन् ।
यस्तै प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा.सुदीप आचार्य, प्रा.डा.सुरज बज्राचार्य, प्रा.डा.स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि रहेका छन् ।
सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्तामा धेरै अंक ल्याउने ४ जनाको नाम आयोगको निर्देशकका लागि सिफारिस गर्नेछ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नेतृत्वमा कार्यकारी समिति रहने व्यवस्था छ ।
समितिको सदस्यमा अब नियुक्त हुने चारजना निर्देशक रहनेछन् । चिकित्सा शिक्षा आयोगमा अहिले उपाध्यक्ष डा. अञ्जनीकुमार झा रहेका छन् । उनी भर्खरै मात्रै नियुक्त भएका उपाध्यक्ष हुन् ।


Leave a Reply