संसदीय समितिमा भागबन्डा मिलाउन बागमतीमा सर्वदलीय बैठक, कुन दलको कति दाबी ?

हेटौंडा । संसद सुरू भएको एक वर्ष नाघिसक्दा पनि विषयगत समितिको पदाधिकारी चयन हुन नसकेपछि बागमती प्रदेशका दलहरू सामूहिक छलफलमा जुटेका छन् ।

सभामुख भुवन पाठकको आव्हानमा सर्वदलीय बैठक सुरू भएको छ । बैठकमा समिति सभापति भागबन्डामा निचोड निस्किने विश्वास सभामुखको छ । जारी सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा, राप्रपाका संसदीय दलका नेता उद्धव थापासहितका नेता सहभागी छन् ।

५ वटा समितिमा सत्तारुढ गठबन्धनमै सहमति नजुट्दा पदाधिकारी चयन हुन सकेको छैन । पाँचवटा समितिमा सत्तारुढ दलहरू कांग्रेसले कम्तीमा ३, माओवादीले २, नेकपा एसले २, सरकारलाई समर्थन गरेको हाम्रो नेपाली दलले १ जना सभापति दाबी गरेको छ । विपक्षी राप्रपाले पनि २ वटा समितिमा दाबी गरेको छ । प्रमुख प्रतिपक्ष एमालेले सार्वजनिक लेखा समितिमा दाबी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *