ब्लास्ट खबरका पत्रकार किशोर कार्की राप्रपामा प्रवेश

धरान । धरान र पूर्वी नेपालमा लोकप्रिय ब्लास्ट खबर दैनिकका प्रबन्ध निर्देशक किशोर कुमार कार्की राप्रपामा प्रवेश गरेका छन् ।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीमा स्वागत गरेका हुन् ।

अध्यक्ष लिङ्देनले धरान निवासी कार्कीलाई सदस्यता प्रदान समेत गरेका छन् । उनी यसअघि एमालेमा थिए । स्थानीय तहकाे निर्वाचनमा  अन्तरघात गरेकाे आराेप लागेपछि पार्टीले कारबाही  गरेकाे थियाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *