अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको छ: महासचिव पोखरेल

दैलेख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको बताएका छन् ।

सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्ने क्रममा आयोजित अभियानको झण्डा हस्तान्तरण कार्यक्रममा महासचिव पोखरेलले विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन गर्ने काम गरेको उल्लेख गरे ।

‘यही मंसिर १४ गते बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर शुरु भएको अभियान बैतडी, डडेल्धुरा, डोटी, अछाम हुँदै कर्णाली आइपुगेको छ’, महासचिव पोखरेलले भने, ‘यसक्रममा हामीले सुदूरपश्चिमको विकास र समृद्धिको सम्भावनाको खोजी गर्ने, एमालेका बारेमा जनस्तरमा छरेका भ्रमहरु चिर्ने, सुदूरपश्चिमका नागरिकसँग भलाकुसारी गर्ने काम गरेका छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *