राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै कर्णाली प्रवेश गर्‍यो एमाले अभियान

दैलेख । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछामबाट कर्णाली नदी पार गरेर दैलेख प्रवेश गरेको हो ।

मध्यपहाडी राजमार्गअन्तर्गत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई कर्णालीले स्वागत गरेको छ । उक्त अवसरमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

त्यस्तै एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेका थिए ।

पञ्चकलश र पञ्चकन्यासहित पार्टी प्रदेशका नेता कार्यकर्ताको टोलीले एमाले अध्यक्ष ओली नेतृत्वको अभियान टोलीलाई कर्णालीका प्रदेश इन्चार्ज भट्ट, स्थायी कमिटी सदस्य उमालाल कँडेल, गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाहसहित सयौं नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

अछामको वेलखेतबाट पैदल पुल क्रस गरेका एमाले अध्यक्ष ओलीले आज राकम कर्णालीमा आयोजना हुने बृहत आमसभालाई सम्बोधन गर्नेछन् ।

‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ मा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिव्युरो सदस्य र केन्द्रीय सदस्यलगायतका नेतहरु सहभागी छन् ।

Comments

One response to “राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै कर्णाली प्रवेश गर्‍यो एमाले अभियान”

  1. झाङ्क्रीको भिनाजु Avatar
    झाङ्क्रीको भिनाजु

    गोरुले गाइको गऊत कि के सुँघ्दा कस्तो मुख बनाएको हुन्छ? हो तेस्तै अनुहार । अब एमाले सकियो । समय घर्किसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *