अछामबाट ओलीको आक्रोश- गठबन्धनले एमालेले थालेका जनपक्षीय काम रोक्यो, वितण्डा मच्चाउनेले विकास गर्दैनन्

अछाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी बाहेक अन्य पार्टी बाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।

मध्य पहाडी लोकमार्ग पदयात्राको क्रम अछाम सदरमुकाम मंगलसेनमा आयोजित जन सभामा ओलीले अन्य पार्टीले वितण्डा मात्रै मच्चाएको तर विकास नगरेको बताएका हुन् ।

‘अब देख्नु भएन सबै पार्टीको हबिगत’ ओलीले भने, ‘वितण्डा मच्चाउन सजिलो होला विकास गर्न गाह्रो छ ।’

ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

‘ढिलोमा ०८४ को निर्वाचमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुन्छ । एमालेको बहुमत ल्याउने गरी लाग्नुहोस्’ ओलीले भने, ‘नेकपा एमाले बाहेक अरू कसैले देशको विकास गर्न सक्दैन ।’

पहिले १ वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे ।

‘हरेक तहमा ५१ प्रतिशत भन्दा बढी एमालेको एक्लै हुनुपर्छ एमालेले बहुमत ल्यायो भने राष्ट्रियता जोगिन्छ’ ओलीले भने, ‘विकास ठप्प भएको छ । नेकपा एमालेले जुन विकास सुरु गरेको थियो आज समाप्त भएको छ ।’

पछिल्लो समय देशमा अराजकता मच्चिरहेको उनले बताए बताए ।

नभएको राजतन्त्रको नाममा त्यस्ता तत्त्वहरू पनि टाउको उठाउन खोजेको ओलीको आरोप थियो ।

अछाममा उभिएर ओलीले सुदूरपश्चिम प्रदेशको महत्त्व निकै ठुलो भएको बताएका थिए । पहिलो सहिद बाकाबिर , किसान आन्दोलनमा रहेर सहिद भएका भीमदत्त पन्त लगायत थुप्रैको प्रसंशा गरेका थिए ।

ओलीले मध्य पहाडी लोकमार्ग पदयात्रा विकास र समृद्धिको लागी प्रारम्भ गरिएको बताए । आफ्नो पालामा चुच्चे नक्सा जारी गरेका भन्दै ओलीले अहिलेको सरकारले कुरा गर्न पनि नसकेको बताए ।

Comments

One response to “अछामबाट ओलीको आक्रोश- गठबन्धनले एमालेले थालेका जनपक्षीय काम रोक्यो, वितण्डा मच्चाउनेले विकास गर्दैनन्”

  1. nagendra Avatar
    nagendra

    यो यात्रा र पद्चापको सन्देश 🙏🏻🙏🏻
    =====================
    देश बनाउने चाहना छ, देश बनाउने योजना छ र जनतालाई सुख दिने योजना छ : यो कुरा धेरै भनियो, धेरैले सुन्नु भयो, साथ पनि दिनु भयो तर त्येत्तिले पुगेन !!
    => सानु सानु अवसर पायियो, गर्न खोजेको कुरा अरुले छेक्दा छेक्दै पनि गर्न खोजियो, केही गरेर देखायियो तर त्यो सब मन नपराउने बलिया भए र गर्न दिएनन !!
    => अब कसैले कसैगरी हटाउन नसक्ने गरी बलियो बनाउनु होस्, जुन कुराको लागि हत्केलामा ज्यान राखेर लडिएको हो सो अनुसार गर्न गर्न अवसर दिनुहोस् : हो यही सुनाउन गाउँ टोल बस्ती र ठाउँ ठाउँमा पुगिएको हो : सही र गलत सही तवरले छुट्याउन सक्नु आजको चरम आवस्येक्ता हो : सुन्नु, बुझ्नु : आफ्नु भविस्यको लागि : यो पुकार सुन्नुस् !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *