उखुको समर्थन मूल्य तोक्न किसानको माग

रुपन्देही । पश्चिम नवलपरासीका उखु उत्पादक किसानले उखु काटेर क्रसिङको सिजन सुरु हुन लाग्दा पनि यसको समर्थन मूल्य नतोकिएपछि तत्काल न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् ।

प्रतापपुर गाउँपालिका अध्यक्ष एवं उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले उखु बिक्री गर्न सुरु गरिसकेकाले सरकारले यथाशीघ्र समर्थन मूल्य निर्धारण गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले भने ‘हरेक बर्ष ढिलाइ हुँदा किसान मर्कामा पर्ने गरेकाले सरकारले किसानको पीडा समयमै बुझ्नुपर्छ ।’ सरकारले केही रकम बाँकी राखेर १२ करोडभन्दा बढी अनुदान रकम जिल्लामा पठाएको छ। जिल्लामा लुम्बिनी, वाग्मती र इन्दिर सुगर मिल छन् ।

विगतका वर्षको तुलनामा यस वर्ष जिल्लामा उखुको उत्पादन घट्दै गएको छ । कैयौँ उखु उत्पादक किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । यस वर्ष नवलपरासीमा करिब १० देखि १२ लाख क्वीन्टल मात्र उखु उत्पादन हुने अनुमान छ । पाँच वर्ष पहिले १२ हजार हेक्टरमा हुँदै आएको उखु खेती अहिले ५ हजार हेक्टरमा सीमित भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *