काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप-२८) को उद्घाटन समारोहमा सहभागी भएपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकमतामा परेको बताए । प्रधानमन्त्रीले उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको बताएका हुन् ।
जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताए । जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिवापत नेपालले विशेष प्राथमिकता पाउनुपर्ने अधिकार राख्छ भन्ने कुरा विस्तारै स्थापित हुने प्रधानमन्त्रीको भनाइ छ । जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवापुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताए ।
प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ अर्थात भोलि सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसबखत प्रधानमन्त्री प्रचण्डले देशको पहिचान, स्वाभिमान, वातावरणीय अवस्था र मानवताको विषय उठाउँदै छन् । तर, त्यसको कार्यान्वयनका लागि नेपाली प्रतिनिधिहरुले विभिन्न छुट्टा छुट्टै द्विपक्षीय र बहुपक्षीय बैठकहरुमा कुरा गर्ने छन् ।
कोप २८ सम्मेलनको उद्घाटन सत्र आज सम्पन्न भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमै जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गरे ।
खासगरी औद्योगिक राष्ट्रहरुले कार्बन उत्सर्जन कम गर्ने विषयमा आफ्नो धारणा राखिरहेका छन् भने औद्योगिक राष्ट्रहरुको अत्यधिक कार्बन उत्सर्जनबाट मार खेपिरहेका राष्ट्रहरुले भने क्षतिपूर्तिलाई आफ्नो मुख्य एजेण्डाको रुपमा राखिरहेका छन् । नेपालले यतिबेला जलवायु परिवर्तनमा विश्व समुदायको चुनौतीपूर्ण समस्याका रुपमा रहेको कुरा प्रष्टसँग राख्दैछ । यही कुरा नेपाली प्रतिनिधि मण्डलसँगको छलफलमा प्रधानमन्त्रीले राख्नुभएको छ ।
विश्व यतिबेला जलवायु परिवर्तनबाट प्राणी जगतमा परिरहेको र पर्ने नकारात्मक विषयमा निकै चिन्तनमा छ ।
संयुक्त अरब इमिरेट्सको दुबईमा भैरहेको कोप २८ को सम्मेलनकमा विश्वका नेताहरु कार्बन उत्सर्जन कम गर्न सकिने उपायका बारेमा मात्रै चिन्तन गरिरहेका छैनन् । कार्बन उत्सर्जनबाट पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उपायका बारेमा सैद्धान्तिक छलफल पनि गरिरहेका छन् ।
यसैबीच दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
त्यसबखत दुइ पक्षीय हितका बारेमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेली बीच पनि आजै भेटवार्ता भएको छ । भेटवार्तामा दुइपक्षीय हितका बारेमा कुराकानी भएको छ ।

प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिक अर्थात भोलि सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसबखत प्रधानमन्त्री प्रचण्डले देशको पहिचान, स्वाभिमान, वातावरणीय अवस्था र मानवताको विषयलाई बलियो रुपमा उठाउँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर १३ गते दुबई प्रस्थान गरेको हो । प्रधानमन्त्री १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


Leave a Reply