कमल थापाको दाबी- अहिलेको व्यवस्था कायम रहिरहे नयाँ तानाशाह जन्मिन्छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

अहिलेकै व्यवस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था, हिन्दू राष्ट्र पक्षधर र संघीयता नचाहने बीच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलनमा जान जरुरी भएको आबश्यकता औल्याए ।

थापाले संवैधानिक अङ्ग, न्यायालय, प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भैरहेको भन्दै उनले त्यसको प्रतिबाद हुनुपर्नेमा जोड दिए ।

असक्षम, असफल र अदुररदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधिनको रक्षाको निमित्त एकपटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

राप्रपा नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेताहरु जयकुमार खड्का, तारानाथ लुईटेल, इन्द्र चित्रकार, राजाराम बर्तौला, श्याम घिमिरे लगायतले संगठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *