शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई छाड्न अस्वीकार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई छाड्न अदालतले अस्वीकार गरेको छ ।

उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै रायमाझीलाई छाड्न अस्वीकार गरेको हो ।

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

उनका छोरा सन्दीपलाई भने ३० लाख धरौटीमा छाड्न आदेश दिइएको छ ।

Comments

2 responses to “शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई छाड्न अस्वीकार”

  1. Rajendra Bc Avatar

    कसैलाई छाड्ने कसैलाई थूना गर्ने कुरा भएन। सरकार बचाउने र प्रतिपक्ष सकाउने। खेल भयो ❓

  2. ksp pyl Avatar
    ksp pyl

    राजनीतिक निर्णय । दिल्लीको प्रभाव ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *