काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ७ चौकीडांडास्थित बीपी राजमार्गमा बालेरोले तीनवटा मोटरसाइकललाई ठक्कर दिएको छ ।
काठमाडौंबाट पुर्वतर्फ जाँदै गरेको प्र. २ –०२–००१ च ०८२८ नं. को कुखुरा बोक्ने बोलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा.प्र.०२–०४५ प ५४३० नं. को मोटरसाइकलहरुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६ जना घाइते भएका छन् ।
उनीहरुको पहिचान खुलेको छैन । उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
सबै सवारी साधन र बोलेरो चालक कटुन्जे प्रहरी चौकीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply