एमालेको समृद्धिका लागि संकल्प यात्रा- यस्तो छ झुलाघाटको तयारी (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीय विशेष अभियानको अहिले केही बेरमा सुरु हुँदैछ ।

बैतडीको झुलाघाटमा ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानका लागि विशेष तयारी गरिएको छ । नेकपा एमालेका नेताहरु त्यहाँ पुग्ने क्रम जारी रहेको छ ।

अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् ।

अभियानका लागि एमालेका शीर्ष नेता, भ्रात‌ृ संगठनका प्रमुख तथा पदाधिकारी सबै बैतडीमा छन् ।

ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता-कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *