कोप २८ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको टोली दुबई प्रस्थान (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप २८ सम्मेलनमा सहभागी हुन दुबई प्रस्थान गरेका छन् ।

प्रचण्ड नेतृत्वको टोली ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो । उनलाई बिदाइ गर्न सभामुख देवेन्द्रराज घिमिरे, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत विमानस्थल पुगेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँगै वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो सहभागी छन् । त्यस्तै, प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, वन मन्त्रालयका सचिव दीपककुमार खरेल सहभागी छन् ।

सोही टोलीमा परराष्ट्र मन्त्रालयको सहसचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल, शिष्टाचार महापाल दीलिपकुमार पौडेल, प्रवीण भट्टराई, प्रधानमन्त्रीका वातावरण सल्लाहकार डा. पपुलर जेन्टल पनि भ्रमण दलमा छन् ।

यसैगरी सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापा पनि भ्रमण दलमा समावेश गरिएका छन् ।

तस्बिर : प्रदीपराज वन्त

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *