अर्थमन्त्रीलाई प्रश्न- मन्त्रिपरिषद्को सेट नै फेर्ने प्रधानमन्त्री तयारी हो ?

काठमाडौं । नेपाली कांग्रेसले प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।

देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बाहिरिने क्रममा आफूहलाई त्यसबारे थाहा नभएको बताए ।

मन्त्रिपरिषद्को सेट नै फेर्ने प्रधानमन्त्री तयारी हो ? भन्ने प्रश्नमा उनले भने त्यो मलाई थाहा भएको कुरा भएन । जुन बेलामा जे हुन्छ त्यही बेलामा थाहा होला । न प्रधानमन्त्रीले बताउनुभएको छ । न पार्टीले निर्णय गरेको छ । केही पनि भएको छैन ।

उनले आज पार्टीको बैठकमा सरकारमा रहेर आफूहरुले गरेको कामबारे पनि जानकारी गराएको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *