बाजेको खीर पसल खोज्दै कांग्रेस सभापति देउवाको गाउँमै पुगे अध्यक्ष ओली (तस्बिरहरु)

डोटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका अन्य नेताहरुसहित बैतडीकाे झुलाघाटतर्फ लागेका छन् । उनीहरु बिहीबारदेखि सुरु हुने मध्यपहाडी लोक मार्ग पदयात्राकाे उद्घाटनका लागि धनगढीबाट त्यसतर्फ लागेका हुन् ।

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरु गोकर्ण विष्ट, लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठसहितको टोली मध्यपहाडी (पुष्पलाल) राजमार्गको उद्घाटन गर्न आज धनगढीबाट बैतडीतर्फ लागेको नेता विष्णु रिमालले बताए ।

त्यस क्रममा ओलीसहितको टोली डडेलधुराको गन्यापधुरा-१ साहुखर्क पुगेको हो । कांग्रेस सभापति शेरवहादुर देउवा यहि गाउँका हुन् ।

झुलाघाट जानेक्रममा गन्यापधुरा, साहुखर्क, डडेलधुरामा पचास वर्षदैखि आगो ननिभेको बाजेको खीर पसलमा अध्यक्ष ओलीसहितका नेताहरुले चिया, खीर र खुवा खाएका यात्रामा सहभागी नेता विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

डडेलधुराको गन्यापधुरा-१ मा बाजेको खिर पसल ५० वर्षअघि शेरबहादुर देउवा नामकै स्थानीयले चलाएका थिए । “बाजेको खिर पसल” सुदूरपश्चिम यात्रा गर्ने हर कसैको रोजाईको पसल हो ।

धनगढी—डडेल्धुरा सडक निर्माण हुने क्रममा २०३२ सालमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का शेरवहादुर देउवाले पहिलो पटक खिर पसल सञ्चालन गरेका थिए । त्यसयता उक्त पसल नियमित रुपमा सञ्चालन भईरहेको छ ।

पहिलो पटक खिर पसल सञ्चालन गर्ने देउवा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाकै गाउँका व्यक्ति हुन् । उनको गत जेठ ९ गते ७२ बर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि उक्त पसल उनका छोरा कर्णवहादुर देउवाले सञ्चालन गर्दै आएका छन् ।

 

Comments

One response to “बाजेको खीर पसल खोज्दै कांग्रेस सभापति देउवाको गाउँमै पुगे अध्यक्ष ओली (तस्बिरहरु)”

  1. ksp pyl Avatar
    ksp pyl

    महान नेता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *