काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको वेबसाइटमा समस्या देखिएको छ ।
बुधवार बिहानदेखि नेप्सेको वेबसाइट खुल्नमा समस्या आइरहेको छ । सिस्टममा लोड भएर नखुलेको हुनसक्ने अनुमान गरिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए ।
उनले भने, ‘सबैतिर समस्या आएको होइन । ठाउँ अनुसार चल्ने बन्द हुने भइरहेको जानकारी आइरहेको छ । प्राविधिक टिमले हेर्दैछन् के भएको हो । अहिले त धेरै लोड भएर हुनसक्ने देखिन्छ ।’
अहिले नियमित कारोबारमा समस्या परेको लगानीकर्ताहरू बताउँछन् ।

Leave a Reply