लगानी एवं विकास सम्मेलनको उत्कृष्ट लोगो बनाउने लाई प्रदेश सरकारले पुरस्कृत गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी एवं विकास सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई प्रदेश सरकारले पुरस्कृत गर्ने भएको छ ।

धनगढीमा फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपैयाँले सम्मान गर्ने आर्थिक मामिला मन्त्री नरेश शाहीले जानकारी दिए ।

आर्थिक मामिला मन्त्रालयले आज एक सूचना जारी गर्दै सात दिन भित्र लोगो तयार गर्न भनिएको छ । आर्थिक मामिला मन्त्रालयको प्रदेशको समृद्धि विकाश झल्किने सान्दर्भिक लोगो तयार गरिनु पर्ने बताएको छ ।

सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन तथा विकासका लागि सहकार्य गर्ने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको हो । उक्त सम्मेलनको लागि लोगो डिजाइन प्रतियोगिता आयोजना गरिएको हो ।

आगामी १९ गते भित्र लागो तयार गरेर बुझाउनु पर्ने प्रदेश सरकारले सूचनामा उल्लेख गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *