काठमाडौं । नेकपा एमालेले पद्मा खड्कालाई उपसचिव पदमा बहाल गर्न कर्णाली प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
महासचिव शंकर पोखरेलले मंगलबार कर्णाली कमिटीलाई यस्तो निर्देशन दिएका हुन् ।
कात्तिक २२ मा बसेको २५ औं केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार कर्णालीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबीसहित परेको निवेदनलाई ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा धेरै मत ल्याउने पद्मा खड्कालाई उपसचिवमा बहाल गर्न कमिटीलाई निर्देशन दिइएको छ ।
त्यस्तै रमेश शाहीलाई भने प्रदेश कमिटीमा मनोनीत गरिने निर्देशन गरिएको छ ।
बैठकले महिला काेटा बदर गर्न नपाइने पनि निर्णय गरेकाे छ ।


Leave a Reply