अनलाइन बेटिङमा संलग्न भएको आरोपमा युवक पक्राउ, करिब २ करोड कारोबार गरेको दाबी

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ७ का २६ वर्षीय आकाश रेग्मी छन् । उनको साथबाट बरामद भएका मोबाइलबाट रेग्मीले एक करोड ९५ लाख ९५ हजार ११७ रुपैयाँ कारोबार गरेको पाइएको प्रहरीको दाबी छ।

प्रहरीले रेग्मीको साथबाट म्याकबुक प्रो एक थान, राउटर एक थान, आईफोन एक थान र २ लाख ३४ हजार रुपैयाँ तथा ३०० अमेरिकी डलर बरामद गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *