काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) लाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
पवन साउद ३० हजार रूपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । बर्दियाको बढैयातालस्थित इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत साउदले लागु औषधसम्बन्धी मुद्दा मिलाइ दिने भन्दै घुस लिएको अख्तियारको दाबी छ ।

Leave a Reply