सानो भेरीमा कांग्रेसले बनाएको अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसले रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका ४ पुरानो गाउँमा गौनी विकको घरबाट शुरुआत गरेको ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ।

‘जाजरकोट भुकम्प’ बाट प्रभावित बस्तीहरुमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण गर्ने अभियान अन्तर्गत कांग्रेसले रुकुम पश्चिम र जाजरकोटाका विभिन्न बस्तीमा निर्माणको काम गरिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

रुकुम पश्चिममा कांग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर नेपाली र गुरु बराल, कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, जिल्ला सभापति प्रेमप्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका नेता तथा पार्टी सदस्यहरुले खटिएका छन्।

दुःखको यो बेलामा योगदान गर्नको लागि थप क्रियाशील भई निरन्तर लागि लाग्न कांग्रेसले पार्टी पंक्तिलाई आह्वान गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *