विश्व शान्तिको नेतृत्व नेपालले गर्नुपर्ने सुझाव

रूपन्देही । विश्वमा बढ्दै गएको अशान्ति र द्वन्द्व अन्त्यका शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालले नेतृत्व गर्नुपर्नेमा सरकारी अधिकारी तथा विज्ञहरुले जोड दिएका छन् ।

लुम्बिनी वाङमय प्रतिष्ठान, दाङ विपस्यना केन्द्र र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति क्षेत्र नेपाल’ बिषयक विचार गोष्ठी एंव पूर्णिमा उत्सवमा सहभागीहरुले विश्व शान्तिका लागि बुद्धजन्मस्थल लुम्बिनी रहेको नेपाले नै अगुवाई गर्नुपर्नेमा विभिन्न क्षेत्रका विद्धानहरुले जोड दिएका हुन । केही समयदेखि लुम्बिनी प्रदेशमा ‘शान्ति क्षेत्र नेपाल’ अभियानका रुपमा अगाडि बढाउने शिलशिलामा लुम्बिनीमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले विश्वमा युद्ध हुँदा शान्तिको कामना गर्दै प्राथना गर्ने ठाउँ लुम्बिनी रहेको बताए । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरी यहाँबाट इजरायलमा भएको द्धन्द्ध र रुस युक्रेन द्धन्द्धबाट समाधान खोजी शान्तिका लागि गरेको आह्वानले पुष्टि गरेको बताए ।

‘विश्वशान्तिका लागि महासचिव गुटरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट गर्नुभएको आह्वान अनुसार युद्धविराम पनि भएको छ, त्यसैले शान्ति क्षेत्र नेपालको अभियान लुम्बिनीबाटै गर्नु ऐतिहासिक छ’ कोषाध्यक्ष भट्टराईले भने ।

उनले बुद्धका उपदेश, मार्गदर्शनले नै समाजलाई अगाडि बढाउनसक्ने बताउँदै बुद्धलाई धर्मका रुपमा मात्रै नभई दर्शनका रुपमा बुझेर ग्रहण गर्नुपर्ने बताए । उनले आफूले देवदहमा बौद्धशिक्षा अध्ययनका लागि पहल गरेर बुद्धदर्शनलाई व्यवहारमा उतारेको समेत बताए ।

उनले लुम्बिनीमा छिट्टै प्रदेश सरकारको आयोजनामा विश्वमा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका व्यक्तिहरु सहितको कार्यक्रम हुन गइरहेको बताउँदै त्यसले पनि नेपाल शान्ति क्षेत्र र लुम्बिनी विश्वशान्तिको केन्द्रका रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य नेत्र पन्थीले नेपालमा जन्मिएका शान्तिका अग्रदुत बुद्धको मार्गदर्शन पालना गर्दै त्यही अनुसारको संस्कारको विकास गर्नुपर्ने बताए । उनले रोजगारीसँगै मानिसहरुलाई स्वाभिमान बनाउन सक्दा शान्ति स्थापना हुने बताए । यसैगरी अर्का संविधानसभा सदस्य नजिर मियाँले सबै धर्मका मानिसहरुविच एकता भातृत्व कायम हुँदा शान्ति कायम हुने बताए ।

कार्यक्रममा दाङ विपस्यना केन्द्रका अध्यक्ष एंव वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले बुद्ध जन्मेको देशबाटै विश्वलाई शान्तिको सन्देश छर्न सक्नुपर्नेमा जोड दिए । उनले शान्ति क्षेत्र नेपाल बुद्धकै उपदेश अनुसार विश्व अगाडि बढ्नुपर्छ भन्ने उदेश्य सहित शान्तिबाटै विकास र समृद्धि ल्याउन सकिने अभियान भएको बताए ।

कार्यक्रममा डा. श्याम न्यौपाने, वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटी चिन्तन र लेखक नारायण पौडेलले शान्ति क्षेत्र नेपाल बिषयमा कार्यपत्र प्रस्तुत गर्दै राज्यले नै यसको अगुवाई गर्नुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार अधिवक्ता डा. बालकृष्ण चापागाईले शान्ति क्षेत्र नेपाल अभियान विश्व शान्तिको आह्वानसहित शुरु गरिएको बताए । कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, साहित्यकार बुँद राना, वनमानी निराकार, विजय सागर, रुद्र ज्ञवाली, उत्तरकुमार पराजुली, पत्रकार निरु गौतम, साहित्यकार कविता पन्थी, उदय डाँगी, यज्ञलाल सुवेदी, दामु मर्सिफूल, गणेश घिमिरे, प्रा. डा. भिम खतिवडा लगायतले बोल्दै विश्वशान्तिका लागि नेपालबाटै अगुवाई गर्नुपर्ने बताएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *