सिल नतोडिएको मिनरल वाटरमा कीरा, महानगरले तिरायो १ लाख जरिवाना

काठमाडौं । कीरा परेको पानी विक्री गर्ने वेभरेज कम्पनीलाई काठमाडौं महानगरपालिकाले एक लाख जरीवाना तिराएको छ ।

सोमबार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बि वेभरेज इन्डस्ट्रिज प्रालीलाई पानीमा किरा भेटाएपछि एक लाख रुपैयाँ जरिवाना तिराएको हो भने इन्डस्ट्रिजलाई सुझाव समेत दिएको छ ।

अनुगमन समितिले पानी कम्पनीलाई आइन्दा पानीको बोतलमा ध्यान दिन सुभाव दिएको हो भने खानेपानी भर्नु अघि अनिवार्य निर्मलीकरण, समय समयमा ल्याब परिक्षण गरि प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन सुझाव दिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *