ग्लोबल आइएमई बैङ्कको नयाँ शाखा बैतडीको पाटनमा

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैतडीको पाटनमा आफ्नो ३५१औँ शाखा सञ्चालनमा ल्याएको छ ।

आइतबार बैतडी जिल्ला पाटन बजारमा नगर प्रमुख गौरीसिंह रावलले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

बैंकका देशभर ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

त्यस्तै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *