काठमाडौं । नेपाल विद्यावारिधि संघको (पीएचडी एसोसिएसन) को नयाँ समिति चयन भएको छ ।
नेपाल विद्यावारिधि संघको १५ औं साधारण सभाले अध्यक्षमा डा. सुनिलबाबु श्रेष्ठ र उपाध्यक्षमा डा. चन्द्र ज्ञवाली चयन गरेको हो ।
यस्तै महासचिवमा डा. अकुल प्रसाईँ, सचिव डा. सुन्दरी पोखरेल र कोषाध्यक्षमा डा. सारिका अमात्य चयन भएका छन् ।
सदस्यहरूमा डा. भोला ढकाल, डा. दिवस अमात्य, डा. लेखनाथ भण्डारी, डा. रामशरण थपलिया, डा. रमेश भण्डारी र डा. सुरक्षा भण्डारी चयन भएका छन् ।

Leave a Reply