जाजरकोटमा कांग्रेसले बनायो १०० घर, पौडेलले सरकारसँग गरे १० आग्रह

जाजरकोट । नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीहरूमा एक सय अस्थायी घर टहरा निर्माण कार्य सम्पन्न गरेको छ । कांग्रेसको निर्णय अनुसार केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटको नलगाड नगरपालिका एक सय अस्थायी घर टहरा निर्माण कार्य सम्पन्न गरेको हो ।

प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण गर्ने लक्ष्य अनुसार पहिलो चरणमा एक सय अस्थायी घर टहरा निर्माण सम्पन्न गरिएको पौललेले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत दक्ष मिस्त्रीहरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभूत कार्य सम्पन्न गरेका जनाएका हुन् ।

अस्थायी घर–टहरा निर्माणलाई निरन्तरता दिन पार्टीले पुनः नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली पठाएको समेत उनले जानकारी दिएका छन् ।

उनले पहिलो चरणमा एक सय घर निर्माण सम्पन्न गर्दै सरकारलाई १० आग्रह समेत गरेका छन् । ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउनु पर्नेदेखि अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने सम्मका आग्रह पौडेलले सरकारसँग गरेका छन् ।

यस्ता छन् पौडेले सरकारसँग गरेका आग्रह

१. सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउनु पर्ने ।
२. भूकम्पले क्षतविक्षत भएका घर गोठ तत्काल सफा गरेर ९ पूर्ण रूपमा भत्किएका घर सफाइ गर्न तथा आंशिक रुपमा क्षति भएका घर भत्काउन जनशक्तिको ठूलो अभाव रहेको ० सुरक्षाकर्मीको प्रयोग गरी मुचुल्का तथा आवश्यक प्रक्रिया पूरा गरी टहरा निर्माणका लागि सहजीकरण गर्नुपर्ने ।
३. टहरा निर्माणका लागि ठूलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने ।
४. चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने ।
५. भूकम्पका कारणले प्रभावित भएका बालबालिकाको नियमित अध्ययन अध्यापन सुचारु गर्न अस्थाई संरचना तथा विद्यालय पुननिर्माण तत्काल गर्नुपर्ने ।
६. स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने ।
७. जिल्लाका कतिपय बस्ती अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न योजना निर्माण गर्नुपर्ने ।
८. भूकम्पबाट हुन सक्ने जोखिम कम गराउन भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आवश्यक जनचेतना तथा प्राविधिक सहयोग गर्नुपर्ने तथा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने ।
९. पुन निर्माण तथा नागरिकको स्थाई घर निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने ।
१०. गरिबीको रेखा मुनि रहेका नागरिकलाई भैपरी आउने आपत विपत्‌मा सहयोग गर्न तथा सरकारको आभास हुने गरी दीर्घकालीन व्यवस्थापनका योजना निर्माण गर्नुपर्ने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *