पोखरा विमानस्थल गेट अगाडि तास खेलिरहेका ८ जना पक्राउ

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेट अगाडि रहेको एक खाजा घरमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरी पक्राउ गरेको छ ।

पोखरा चाउथेस्थित विमानस्थल गेट अगाडी प्रेमबहादुर कार्कीले सन्चालन गरेको प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

१ लाख ५ हजार ५ सय ६० सहित खाजा घरका संचालक कार्कीसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पर्वत घर भएका ४५ वर्षीय कार्कीसहित ललितपुरका २९ वर्षीय उत्तम बयलकोटी, लमजुङका ३४ वर्षीय महेन्द्रबहादुर भुजेल, कास्कीका ३५ वर्षीय तेजराज बराल, मोरङका ३३ वर्षीय अर्जुन पौडेल, सप्तरीका ३५ वर्षिय राकेश चौधरी, कास्कीका ५२ वर्षीय कमलराज लामिछाने र चितवनका ५२ वर्षीय एकबहादुर गुरुङलाई पक्राउ गरिएको डिएसपी विकले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरसम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *