एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई अवरोध गर्न पहिचानवादीको कार्यक्रम

विराटनगर । नेकपा एमालेले सुरु गरेको मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानलाई अवरोध गर्ने गरी पहिचानवादीहरूले कार्यक्रमहरू तय गरेका छन् ।

एमालेले सुरु गरे गरेको अभियानलाई लक्षित गरेर प्रदेशको नामकरण पछि असन्तुष्ट भएको प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले प्रतिरोधको कार्यक्रम तय गरेको हो ।

नेकपा एमालेले मङ्सिर १४ गतेबाट झुलाघाटबाट मध्य पहाडी लोक मार्ग विशेष अभियान सुरु गर्दै छ ।
मध्यपहाड लोक मार्ग आसपासको समृद्धिको सम्भावना र समस्या पहिचान गर्ने उद्देश्यले सुरु भएको अभियान मङ्सिर २६ गते उदयपुर र खोटाङको सिमाना घुर्मीमा आइपुग्ने छ ।

पार्टीका शीर्ष नेताहरु सम्मिलित अभियान अन्तरगत सोही दिन एमालेले घुर्मीमा सभा गर्ने तयारी गरेको छ ।
केन्द्र, प्रदेश र स्थानीय नेता कार्यकर्ताहरूको टोली सो दिन खोटाङको दिक्तेले गएर बस्ने योजना रहेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।

उनका अनुसार एमालेको मध्यपहाड लोक मार्ग यात्रा २७ गते भोजपुर, २८ गते तेह्रथुमको वसन्तपुर २९ गते तेह्रथुमको आठराई र ३० गते पाँचथरको फिदिममा पुग्ने छ ।

यात्राका क्रममा स्थानीयसँग भेटघाट गर्ने, उनीहरूका कुरा सुन्ने र समस्याका बारेमा जानकारी लिने खतिवडाले बताए ।

पहिचानवादीले भने सोही समय ‘कोशी’ नाम खारेजीको माग गर्दै ‘घुर्मी–चिवाभञ्ज्याङ जनजागरण अभियान’ सञ्चालन गर्ने भएका छन् ।

सङ्घर्ष समितिले प्रदेशको सिमाना प्रवेश गर्दा ‘कोशी’ लेखेको ब्यानर, पर्चा प्रयोग नगर्न तथा ‘कोशी’ नामको लागि हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यहरूलाई कार्यक्रममा सहभागी नगराउन एमालेलाई चेतावनी दिएको छ ।

Comments

2 responses to “एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई अवरोध गर्न पहिचानवादीको कार्यक्रम”

  1. ksp pyl Avatar
    ksp pyl

    पहिचानवादी भनेका दिल्ली र प्रचण्डका नोकर हुन् । एमाले विरूद्व प्रयोग गरिएका भाडाका टट्टु हुन् । सरकार छ र प्रचण्डले प्रयोग गरेको होईन भने गृहमन्त्रीलाई म खुला चुनौती दिन चाहान्छु यी पहिचानवादी नामका केवल एमाले विरोधी भाडाका टट्टुहरूलाई तह लगाउ । सरकारले नलगाएर एमालेले तह लगाउनुपर्यो भने यी टोले गुण्डाहरूले धुरूधुरू रूनुपर्छ ।

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    पहिचानवादी नामका राजा कांग्रेस माधव माओवादी घन्टी मघेशबादीलगायका दल हो गणतन्त्र र लोकतन्त्रको लागि एमाले एक्लै काफी छ । तिमीहरूको लोकतान्त्रिक गणतन्त्रमा आवश्यक छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *