पोखरा आइपुगे भारतबाट ल्याइएका ७ मुर्रा

पोखरा । भारतबाट ल्याइएका मुर्रा जातका राँगामध्ये ७ वटालाई पोखरा राखिएको छ ।

१५ मध्ये ७ राँगा पोखरास्थित पशु विकास केन्द्र (भेडिफारम) मा ल्याएर राखिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

यसबाट पोखरा र यस क्षेत्रमा उच्च जात र नश्लको भैंस पालन कृषकहरू विशेष लाभान्वित मेयर आचार्यले बताए ।

भारतबाट बाँकेको नेपालगन्ज रुपैडिया–जमुनाहा नाका हुँदै मुर्रा राँगाहरूलाई नेपाल ल्याउन लागिएको हो ।

भारतले नेपाललाई १५ वटा मुर्रा राँगा दिएको उपहारस्वरूप दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *