काठमाडौं । नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देलको नाम सिफारिससँगै जंगी अड्डाले सात दिने सूचना जारी गरेको छ । शुक्रबार रथी सीताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको थियो ।
त्यसलगत्तै सैनिक सचिव सहायकरथी ज्योतेन्द्र महतले सूचना जारी गर्दै बढुवा सिफारिस निर्णय चित्त नबुझ्ने सैनिक व्यक्तिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहित निवेदन पेश गर्न भनेका छन् ।
बेनामे उजुरी उपर कुनै कारवाही नहुने र परिचयसहित उजुरी दिनेको गोप्यता भने कायम रहने सैनिक ऐनमा उल्लेख छ । यसअघि रथी बढुवा सिफारिस भएका ताराध्वज पाण्डेको उमेर कीर्ते विवाद नेपाल प्रेसले खुलासा गरेपछि उनले राजीनामा दिएका थिए ।
रथी बढुवासँगै उपरथी सिग्देल आगामी वर्ष भदौबाट नेपाली सेनाको प्रधान सेनापति बन्ने लाइनमा बस्नेछन् ।


Leave a Reply