जाजरकोट । जाजरकोट भूकम्पको ‘ईपीसेन्टर’ बारेकोटमा नेकपा (एमाले) को स्वयंसेवकको समूहले पुनर्स्थापना र नवनिर्माणको काम सुरु गरेको छ । भूकम्पको इपिसेन्टर बारेकोटको रामिडाडाबाट आजदेखि भूकम्पले भत्किएका घरहरुको भग्नावशेष हटाउने र नयाँ टहरा बनाउने काम सुरु गरेको हो ।
गाउँ कमिटीका अध्यक्ष भक्तबहादुर बस्नेत नेतृत्वमा पार्टीको स्थानीय समूहले आजैदेखि काम सुरु गरेको छ भने राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको स्वयंसेवक टीम आज त्यहाँ पुग्ने प्रभावित क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
नेता आचार्यका अनुसार एमालेले प्रभावित क्षेत्रमा खटाएका ११ सय स्वयंसेवकहरुले जाजरकोटको भेरी, नलगाड, कुशे र बारेकोट तथा रुकुम पश्चिमका आठबिसकोट, चौरजहारी र सानीभेरीका अति जोखिमका बस्तीहरुमा पुनर्स्थापना र पुनर्निर्माणका काम गरिरहेका छन ।
प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवकहरुको व्यवस्थापन तथा परिचालनको नेतृत्व केन्द्रीय सदस्य आचार्य र पार्टीको केन्द्रीय विपद व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले गरेका छन ।


Leave a Reply