काठमाडौं । दुर्गा प्रसाईंको उत्तेजक अभिव्यक्तिका कारण हिंसा भड्किन सक्ने भन्दै अनुमति नलिई तीनकुने क्षेत्रमा प्रदर्शन गर्न लागेका सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ छाडेको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रसाईंको हिंसा भड्काउने अभिव्यक्तिका कारण तीनकुनेमा प्रदर्शन रोक लगाएको थियो । प्रसाईंका समर्थकहरु तीनकुनेमा भेला हुन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसक्रममा कतिपय सर्वसाधारण समेत परेका थिए । प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई प्रहरी प्रभागमा चिया बिस्कुट खुवाएर बिदा गरेको थियो ।
काठमाडौंका प्रहरी प्रमुख भुपेन्द्र खत्रीले अवाञ्छित गतिविधि हुन नदिन केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रहरीले धरपकड र ज्यादती नगरेको बताए । जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएका कारण उक्त स्थानमा विरोध प्रदर्शन रोकिएको खत्रीले बताएका छन् ।


Leave a Reply