काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानले आन्दोलनलाई अझ सशक्त पार्ने उद्घोष गरेको छ । राज्यले प्रहरी प्रशासन लगाएर दमन र बर्बरता अपनाएको भन्दै त्यसले आफूहरूको आन्दोलन झन बलियो र विस्तारित हुँदै गरेको उक्त अभियानको दाबी छ ।
अभियानद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लामा एकसाथ आन्दोलन सुरू गर्न र काठमाडौं उपत्यकालगायत सबै ठाउँमा व्यापार, व्यवसाय, कारखाना, सवारीसाधन थन्क्याएर आन्दोलनमा साथ दिन अपिल गरिएको छ ।
आफूहरूको प्रदर्शनमा प्रहरीले लाठी, अश्रुग्यास, रबरको गोली र पानीको फोहरा हानेर समर्थकलाई घाइते, गिरफ्तार गरिएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।
प्रसाईँले आज अपरान्ह पत्रकार सम्मेलन गरेर भोलि साढे ११ बजे भेला भएर प्रदर्शन गर्दै उद्घोष गरेका छन् ।


Leave a Reply