रुपन्देही । रुपन्देहीको बुटवलमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बेलवास-बेथरी सडक खण्डअन्तर्गत बुटवल उपमहानगरपालिका- ११ नहरपुरमा लु १ च ७०२४ नम्बरको बोलेरो जीप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार बुटवल- ११ का ४५ वर्षीय शालिग्राम खनालको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउँपालिका- १ घर भई हाल बुटवल- ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् । पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ ।
बोलेरो र चालक जीतेन्द्र बानियाँलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

Leave a Reply