काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश चलाउन नसकेको भएकाले जनतालाई जिम्मा लगाउन आग्रह गरेका छन् । बल्खुमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफू मर्न तयार भएर विद्रोह थालेको बताए ।
उनले भने, ‘म मर्न तयार छु, म भाग्दिनँ, हाम्रो देश त्यसै टाँट पल्टेको होइन । म प्रचण्डजी अहिलेको प्रधानमन्त्रीज्यूलाई राम्ररी चिन्दछु । २० वर्षसँगै काम गरेको छु, तपाईँ सरेन्डर गर्नुस्, जनताकहाँ आउनुस् । हिजो तपाईंहलाई जनताले पुर्याएको ठाउँमा । जनतालाई जिम्मा लगाउनुस् अब तपाईंहरुले सक्नुभएन ।’
भिडिओ:
उनले आफ्नो अभियानमा आएका महिलाहरुलाई युवा संघका कार्यकर्ताहरुले बलात्कार गर्न खोजेको आरोप लगाए ।
उनले भने, ‘म मेरा हजुरबुबालाई आज राम्रोसँग भन्छु तपाईंले गरिब जनताहरु हाम्रो घरजग्गा लुटियो भनेर काठमाडौं आएकाहरुलाई तपाईंका कमाण्डका व्यक्तिहरु बलात्कार गर्न खोजे । अहिले पनि हामीलाई युवा संघले रोक्न खोज्दै थिए ।’
उनले आजबाट जनविद्रोह सुरु भएकोे जिकिर गर्दै विद्रोहको बिरुवा रोपिएको बताए । उनले भोलिबाट नेताहरुलाई जहाँ भेटिन्छ त्यही भर्कुर्नु भन्ने उत्तेजक भाषणा गरे ।

Leave a Reply