काठमाडौंमा के छ सवारी आवागमनको अवस्था ?

काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले मध्यान्हसम्म रिङरोडमा सवारी आवागमन प्रभावित नभएको जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख पोषराज पोखरेलले दुर्गा प्रसाईँका लागि कार्यक्रम गर्न छुट्याइएको बल्खुमा सर्भिस लेनबाट दुईतर्फी सवारी साधन कुदिरहेको बताए ।

‘बल्खुमा अहिलेसम्म करिब एक हजार जति मान्छे जम्मा भइसकेका छन् । हामीले सर्भिस लेनबाट गाडीहरू पासको व्यवस्था गरेका छौं’, उनले भने ।

पोखरेलका अनुसार युवा संघलाई कार्यक्रम गर्न छुट्याइएको तीनकुनेमा नयाँ बानेश्वरबाट एयरपोर्टतर्फ जाने रुटलाई नजिकैबाट डाइभर्सन गरिएको छ ।

‘आज सडकमा गाडीको संख्या कम छ । त्यसैले अहिलेसम्म कुनै समस्या छैन’, उनले भने ।

दुवै पक्षको प्रदर्शन र सम्भावित सवारी आवागमन अवरोधलाई ध्यान दिँदै ट्राफिक प्रहरीले बुधबार एक सूचनामार्फत् अतिआवश्यक काम नपरी बाहिर ननिस्कन । निस्कनुअघि ट्राफिकमा सम्पर्क गरी सवारी आवागमनको अवस्था बुझेरमात्र निस्कन अनुरोध गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *