चितवन । चितवनको भरतपुरमा बीभत्स अवस्थामा दुई शव भेटिएको छ । भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा दुई जनाको शव फेल परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले दिउँसो शव फेला परेको चितवन प्रहरीले जनाए । पण्डितको अनुसार हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको थियो ।
शव भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ । हत्या गरिएका शव महिला र पुरुषको हो । उनीहरूको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने पण्डितले जानकारी दिए ।
दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन । प्रहरीले शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल लगेको छ ।

Leave a Reply