एमालेले हिंसात्मक गतिविधि गर्दैछ, जनविद्रोहलाई दबाउन सरकारकाे पनि समर्थन देखियो : दुर्गा प्रसाईं

काठमाडौं । गणतन्त्र विरोध अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाईंले आफ्ना पीडा र वेदनाहरू सुनाउने तथा सरकारसँग आफ्ना मागहरु राख्न भनेर काठमाडौँ आउँदै गरेका सर्वसाधारण नागरिकहरूलाई राजमार्गका बीच बाटोमै रोक्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्यहरूसमेत भइरहेको आरोप लगाएका छन् ।

प्रसाईंले बुधबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म सरकारले नागरिकहरूको आवाजलाई बन्द गराउनका लागि परेको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नेतृत्वमा विभिन्न राष्ट्रवादी राननैतीक पार्टी, विभिन्न धार्मिक, पेशागत तथा सामाजिक संघ संस्था र नागरिक समाजका साथै आम राष्ट्रप्रेमी नागरिकहरुको स्वःस्फूर्त सहभागीतामा विद्यमान शासन व्यवस्था, भ्रष्टाचार, तस्करी र माफीयातन्त्रका विरुद्ध संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तवरले भेला हुन आएका दूरदराजका सर्वसाधारण नागरिकहरूलाई राति बस्ने ठाउँमा प्रहरी प्रशासन लगाएर प्रवेश गर्न नदिने, केही आतंक फैलाउने र हत्या–हिंसा चाहने तत्त्वहरूलाई प्रयोग गरेर राति सुतीरहेको स्थानमा विस्तारामै पुगेर वृद्ध, महिलाहरूलाई कपडासमेत लगाउन नदिई अमानवीय शब्दहरू प्रयोग गरी धम्क्याउँदै आक्रमण गरेर रातको समयमा निकाल्नेजस्ता निकृष्ट कार्यहरू भइरहेको त यहाँहरू सबैलाई सर्वविदितै छ ।

एमाले र उसको भ्रातृ संगठनले गरेका हिंसात्मक गतिविधि र देखाएका व्यवहारप्रति समेत सरकार मौन भएर बस्नुले सरकार र एमाले पार्टीको मिलेमतोमा भोलिको जनविद्रोहलाई दबाउन जस्तोसुकै पनि अमानवीय कार्य गर्न सक्ने आरोप छ ।

हाल भइरहेका आक्रमण र अमानवीय कार्यका साथै भोलिदेखि हुने हरेक घटनाहरूको प्रत्यक्ष अनुगमन र निगरानी गरी विश्व जगतलाई सत्यतथ्य जानकारी गराइदिनुहुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग, नेपालस्थित वैदेशिक कूटनीतिक नियोग, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आह्वान गरेका छन् ।

Comments

One response to “एमालेले हिंसात्मक गतिविधि गर्दैछ, जनविद्रोहलाई दबाउन सरकारकाे पनि समर्थन देखियो : दुर्गा प्रसाईं”

  1. ksp pyl Avatar
    ksp pyl

    एमालेले सडकछापहरूलाई प्रचारित हुने मौका किन दिएको ? देश परिवर्तनको महान उद्देश्य लिएर हिडेकाले कोहि एक अराजक, फटाहा, तस्करले केही भन्यो भन्दैमा विचलित हुन सुहाउँदैन । व्यवस्थाप्रति वास्तविक खतरा हो भने भने लडन जानू । कसैले बैंकको ऋण नतिर्न अराजक कुरा गर्दैमा, पैसा ठगेरखाने मान्छेको सानो भिड तयार गरेमा नियन्त्रणको लागि सरकारलाई कारवाही गर्नुपर्यो भनेर माग पो राख्ने त । विपक्षमा भएको त्यत्रो राष्ट्रिय शक्तिले एउटा अराजक, भुसुनाको हरेक कुराको प्रतिवाद गरेर के गाईजात्रा गरेको ? नियन्त्रणको जिम्मा लिएको ठगबन्धनको सरकारलाई मतलव नै छैन । एमालेलाई सुहायन साथै तामझाम सहित पप्पुलाई भित्र्याएको झन् सुहायन । पप्पु त काँग्रेस हुनुपर्ने । अझ नभए माओवादी । एमाले हुन योग्यता नै देखिदैन । देशव्यापि ठेक्का ओगटेर, काम नगरेर देश डुवाएकोलाइ किन मरिहत्ते गरेर भित्र्याएको ? यसले राम्रो सन्देह गयो जनतामा ? ख‍ोई वुद्वि त्यत्रा नेतामा ? एमालेलाई दायाँबायाँ हुने छुट छैन किनकी एमाले र सेना नभए देश सकियो । अरू सबै बिकाउ माल हुन् । चेतना भया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *