एमाले स्वयंसेवक दस्तालाई यसरी सम्झिए अध्यक्ष ओलीले

जाजरकोट । एमाले अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा खटिएको पार्टीको स्वयंसेवक टोलीलाई धन्यवाद प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पुनर्निर्माणमा खटिएको टोलीलाई अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् । पुनर्निर्माण भइरहेका केही तस्बिर र बालबालिकाहरू किताब खोज्दै गरेका तस्बिर राख्दै ओलीले भूकम्प प्रभावित क्षेत्रको अवस्था बारे पनि जानकारी गराएका छन् ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा घरहरू मात्र भत्केनन्, ससाना स्कूले नानीबाबुका पढ्ने किताबहरू, किताब बोक्ने झोला समेत पुरिए । उनीहरूको न्यानो ओछ्यान पनि पुरियो । भत्किएका घरभित्र पुरिएका किताब, कापी, कलम र घर भित्रका अरू सामान निकाल्न पार्टी, जिफन्ट, युवा र अखिलका स्वयंसेवकले गरेको मेहनत राम्रो छ’ अध्यक्ष ओलीले लेखेका छन् ‘विपत् परेका ठाउँमा हामीले दुईचार दिन गएर फोटो खिचाउने र आफू मानवीय भएको प्रचार गर्ने होइन, परिणाम निस्किने गरी काम गर्नु पर्छ। त्यहाँ सयौँको संख्यामा खटिएका स्वयंसेवकहरूलाई धन्यवाद ।

अनेरास्ववियुका सुदूर पश्चिम संयोजन मनोजराज राईको फेसबुक बाट तस्बिर लिएर ओलीले खटिएका सबै स्वयंसेवकलाई धन्यवाद दिएको जनाएका छन् ।

विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा अहिले जाजरकोट र रुकुममा ११०० सय स्वयंसेवक खटिएका छन् ।

२५ जनाको दरले विभाजन गरिने ४० टुकडीद्वारा विभिन्न ४० स्थानमा व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ ।

अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । यो टोली १५ दिन सम्म भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा रहने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *