यी हुन् लामाबगर सुन तस्करीमा पक्राउ नाबालकसहित १५ अभियुक्त, प्रहरी भन्छ-१२ जना अझै फरार

काठमाडौं। दोलखामा करिब साढे ११ केजी सुनसहित पक्राउ परेको गिरोहले पछिल्लो एक वर्षमा ३३ केजी सुन तस्करी गरेको प्रहरीले दावी गरेको छ।

दोलखा प्रहरीले विभिन्न मितिमा ११ केजी ५३२.०३८ ग्राम सुन र १८ लाख ३३ हजार ५ सय रुपैयाँ नगदसहित १५ जनालाई पक्राउ गरेको थियो। अन्य १२ जना फरार रहेको दोलखा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०७९ मंसिरयता यो गिरोहले जम्मा ३३ केजी चीनबाट नेपाल भित्र्याएको पाइएको छ। दोलखा प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले संयुक्तरुपमा अनुसन्धान गरी मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंमा बस्दै आएका दुई चिनियाँ नागरिक छन्। दोलखाकै ६ जना छन्। सिन्धुपाल्चोककका २ तथा गुल्मी , रामेछाप, रसुवा र बागलुङका एक एक जना छन्। एक जना नाबालक छन्। उनिहरुविरुद्ध भन्सार ऐन, संगठित अपराध, बालबालिका सम्बन्धी ऐन र एकिकृत कसुरअन्तर्गत कारबाही गर्न सिफारिस गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *