ललितपुरको ऐतिहासिक कात्तिक नाच सुरु

काठमाडौं । ललितपुरको ऐतिहासिक कात्तिक नाच शनिबार रातिबाट सुरु भएको छ ।

३८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ । सो क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ ।

नाचको पहिलो दिन पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ  । १३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गर्नुभएको हो । नाचमा दैत्य जगाउने परम्परा छ । यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *