विराटनगर । कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि छठ पूजाको अवसरमा प्रणाम यात्रा गरेका छन् ।
घर देखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ । प्रदेशसभा सदस्य पराजुलीले विराटनगरको कन्चनबारी स्थित घरबाट हिन्दू राष्ट्रका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर यात्रा गरेका हुन ।
विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गरेका हुन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा गरेका बताएका छन् ।
उनले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने बताए ।राजनीतिक प्राणी भएकाले बौद्धिक सनातनी धर्म चाहिने उनले बताए ।
उनले भने ‘ हिजोको मेरो एजेन्डा पनि हो पराजुलीले भने छैठी मातासँग मेरो अहिले पनि प्रार्थना छ । मुलुकमाको शान्ति विकास र समृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको हुँ, मेरो व्यक्तिगत केहि छन् ।’
दण्ड प्रणाम यात्राका लागि उनी शनिवारदेखि व्रत बसेका छन् ।
उनले यस अघि काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा पनि हिन्दु राष्ट्र बनाउनु पर्ने बताएका थिए ।
उनले प्रणाम यात्राका साथ व्रत बस्न थालेको २९ वर्ष भएको छ । २०४८ सालदेखि छठी माताको उपासना गरे पनि बुवा र दुई दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए ।

Leave a Reply